न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, २०८१, मंगलबार,१५ गते ।
धनुषाको औरही गाउँपालिका वडा नम्बर १ स्थित श्री सर्वोदय उच्च मा. बि. पौडेश्वरमा बिद्यार्थीहरुलाई आज मंगलबार छात्रवृत्ति वितरण गरिएको छ ।विद्यालयमा अध्ययनरत , दलित, अपांग तथा छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । आर्थिक बर्ष २०८१/८२ को छात्रवृत्ति वितरण कार्यक्रम माघ ११ र १५ गते दुई दिनको लागि राखिएका छन् ।
छात्रवृत्ति वितरणको क्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन यादवले बिद्यार्थीहरुलाई ड्रेस लगाएर आउन र बिद्यार्थीहरुलाई अनुशासनमा रहेर पढ्न भने । साथै, १ कक्षा देखि ८ कक्षा सम्म छात्रछात्रालाई ४ सय गरि जम्मा २६२ बिद्यार्थी लाई १ लाख ५ हजार रुपैयाँ वितरण गरेको बताए ।
छात्रवृत्ति वितरणकार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शत्रुधन यादव, सदस्य, प्रधानाध्यापक गणेश साह, शिक्षक, बिद्यार्थी लगायतका सहभागीता रहेका थियो ।