सन्तोष कुमार यादव
न्युज टाईम्स टिभी डेस्क, ९ माघ २०८१, बुधवार
समाजमा लागू औषध प्रयोगकर्ताहरुलाई लक्षित गरि उपचार, परामर्श तथा समाजमा पुनर्स्थापित गर्ने उद्देश्य राखी मोरङमा प्लस थ्री रिडक्सन पुनर्वास स्थापन भएको छ ।
यहि मिती :२०८१ माघ १ गते बाट विराटनगर महानगरपालिका वडा नम्बर १५ मोरङ स्थित रहेको रानी आँखा अस्पतालको पूर्वपट्टिमा प्लस थ्री रिडक्सन पुनर्वास सुधार केन्द्र संचालनमा आईसकेको छ ।
लागू पदार्थको नकारात्मक असर बारे जनजागरण कार्यक्रम संचालन गरी लागूऔषध प्रयोगकर्ताको कारणबाट उत्पिडित समाजलाई राहत दिलाउने, लागूऔषध प्रयोगकर्ताको कारणबाट हुने अपराधिक क्रियाकलापमा कमि ल्याई लागू औषधको ओसारपसार, सेवन तथा नियन्त्रण कार्यमा सहयोग गर्ने, लागूऔषध प्रयोगकर्ताहरूलाई उपचार गरि परिवार र समाजमा पुनःस्थापना गर्ने र लागू औषध प्रयोगबाट श्रृजना हुने रोगहरूवारे सजग गराउने र अकाल मृत्युबाट बचाउने उदेश्य राखी यो केन्द्रले कामकाज गरिरहेका छन् ।
यो केन्द्रमा भर्ना गर्ने प्रकृया ;-
केन्द्रमा रिक्त स्थान भएमा प्रतिक्षा सूची अनुसार भर्ना लिइने छ । भर्ना लिनुभन्दा अगाडि परामर्शदाता र स्वास्थ्य परिक्षक गरि सम्बन्धित व्यक्ति र परिवारसंग परामर्श लिए पछि मात्र केन्द्रको नियम अनुसार भर्ना लिइने छ । दुर्व्यसनबाट पूर्ण रूपमा मुक्त हुने समय लागूऔषध प्रयोगकर्ताहरूको शारीरिक, मानसिक र परिवारिक आदि अवस्थामा भरपर्ने हुँदा केन्द्रले प्रारम्भिक सुधारको लागी ४ महिनाको समय तोकेको छ । त्यसैले भर्ना हुने व्यक्ति र परिवारको ३ महिनासम्म बस्ने र राख्ने इच्छा हुनु आवश्यक हुन्छ ।
तपाईँको घर छिमेकमा लागू औषधि मादक पदार्थ ,रक्सी दुर्व्यसनीको कारणले कुनै समस्या आएको भने प्लस थ्री रिडक्सन पुनर्वासलाई सम्पर्क गर्न रितिक यादवले आग्रह गरेको छ ।
सम्पर्क स्थान :- विराट महानगरपालिका- १५ मोरङ रानी आँखा अस्पतालको पूर्वपट्टि
सम्पर्क व्यक्ति :- रितिक यादव :९७०१९२५७८१,९७०१९२५७८२
रमन श्रेष्ठ: ९८२७०४९०९०,९८५२०३७३९९