विपद तथा जलवायु उत्थानशिलका लागि औरही गाउँपालिका योजना बनाउदै !!

न्युज टाइम्स टिभी डेस्क, जनकपुरधाम, २८ कार्तिक २०८१, बुधवार
सीविएम ग्लोवलको साझेदारीमा लाईफ नेपालले संचालन गर्दै आएको समावेशी विकास परियोजनाले धनुषाको औरही गाउँपालिकामा स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना तर्जुमा गरि निर्माण गर्न सहयोग गरेको छ ।

सो निर्माण हुनमा योजनाले जलवायुजन्य प्रकोपबाट लागेको हुन सक्ने विपदमा पुर्व तयारी, प्रतिकार्य र पुनःस्थापनामा पालिकालाई आफ्नो निति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुर्याउने लाइफ नेपालका परियोजना व्यवस्थापक जीवन पुडासैनीले जानकारी दिए । साथै, औरही गाउपालिकाको स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना तर्जुमा सहयोग पुर्याउने अध्यक्ष उमा शंकर प्रसाद साहले कार्यक्रमा भने।

पालिकामा बिभिन्न संस्थाहरु आउछ र जान्छन पनि तर यो लाइफ नेपालले परिणाममुखी सहित
प्रतिक्रिया दिएर काम गरिरहेको प्रमुख प्रसाशकीय अधिकृत अशोक कुमार यादवले बताए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साह,उपाध्यक्ष पुनम कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार यादव, १,२,३,४,र ६ वडा सम्मको वडा अध्यक्ष, कर्मचारी, कार्यपालिका सदस्य, प्रहरी, गाउँपालिकाको विपद ब्यवस्थापन समिति लगायतको सहभागी रहेको थियो भने कार्यक्रमको सहजीकरण केशव दत्त भट्ट र रुपेन्द्र वस्नेतले गरेका थिए ।

यद्यपि, सहभागितात्मक सङ्कटासन्न्ता र क्षमता विश्लेषण औजारको प्रयोग सहित जलवायु तथा विपद जोखिम न्यूनीकरण क्रियाकलापहरुको बारे कार्यक्रममा बिषेश छलफल गरिएको थियो । पालिका भित्र बाढी, आगलागी, सडक- दुर्घटना सर्पदंश, हावाहुरी, शीतलहर जस्तो प्रकोप बढी देखिने गरेको पाइएको छ ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *