वडा अध्यक्ष कापरले किसानलाई विद्युत महसुल गरे निःशुल्क, शैक्षिक क्षेत्रमा बालमैत्री कक्षाकोठाको निर्माण !!

अनितेश यादव,जनकपुरधाम ।

धनुषाको हँसपुर नगरपालिका स्थित वडा नं. १ मा किसानहरुका लागि कृषि मिटरको विद्युत महसुल निःशुल्क भएको छ। कृषकहरुले जडान गरिएका कृषि मिटरको विद्युत महसुल वडा अध्यक्ष रामदेव कापरले निःशुल्क गरिएको हो।

कृषि मिटरको विद्युत महसुल चालु आ.ब. २०८१/०८२ को वडा स्तरिय योजना “कृषि सिंचाई विद्युत महसुल निःशुल्क” कार्यकम अन्तर्गत वडा नम्बर १ को कार्यालय बाट भुक्तानी गरिने वडा अध्यक्ष रामदेव कापरले बताए ।

कृषिको साथसाथै शैक्षिक स्तरमा समेत कामकाज गरिरहेको छौ । बालबालिकालाई पुर्ण समय बिधालयमा राख्नका निम्ति श्री रा.प्रा. बिधालय भगवानपट्टीमा पी.जी.कक्षा बालबालिकाको लागि व्यवस्थित र बाल शैक्षिकमैत्री कोठा तैयारी अन्तिम चरनमा रहेको उनले भने ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *