न्युज टाइम्स डेस्क, जनकपुरधाम, २७ कार्तिक २०८१, मंगलवार
धनुषाको औरही गाउँपालिका वडा नम्बर १ स्थित राम जानकी माध्यमिक विद्यालय झिटकहियाको शिक्षक भर्नाका लागि खुल्ला गरिएका परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।
प्रकाशित सूचना अनुसार ,२०८१ कार्तिक २४ गते लिखित परिक्षा र २५ गते मोखित अन्तर्वार्ता ( प्रयोगात्मक ) सहित नतिजा प्रकाशन गरिएको प्रधानाध्यापक बद्री नारायण यादवले जानकारी दिए । साथै, परिक्षामा १२ जना सहभागी परिक्षार्थी मध्य ४ जना उम्मेदवार सफल भएको थियो ।
यसैगरी परिक्षाको नतिजामा नेपाली विषयमा दिपेन्द्र कुमार यादव, लेखा विषयमा राकेश कुमार महतो ( बैकल्पिकमा रतिश कुमार कर्ण ) र गणित विषयमा ओम प्रकाश नायक सफल उम्मेदवार भइ उत्तीर्ण भएको प्रधानाध्यापक बद्री नारायण यादवले बताए । तर, बाकीँ उम्मेदवार ४० % उत्तीर्णाङ्क अंक समेत ल्याउन सकेको छैनन्।
यदपी, प्रथम पटक २०८१ मदौ ३० गते शिक्षक छनौट परिक्षा सम्बन्धि सूचना प्रकाशित गर्दा न्यून संख्यामा आवेदन फरम भरिएको हुँदा दोश्रो पटक २०८१ कार्तिक ४ गते समेत सोही सम्बन्धि सुचना प्रकाशन गर्दा जम्मा १८ जनाले आवेदन फरम भरेको थियो ।