प्रमोद शर्मा,
न्युज टाइम्स डेस्क, धनुषा, १० पुष २०८१, बुधवार
गणेशमान चारनाथ नगरपालिका–३, भरतपुर स्कुलको प्राङ्गणमा योजना छनौट प्रक्रियामा सिमान्कृत समुदायको पहुँच विषयमा पाइनल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख वक्ताको रूपमा गणेशमान चारनाथ नगरपालिकाको मेयर जित नारायण यादव, उपमेयर तुलसा पाण्डे पटेल, वडा नं. ३ का वडा अध्यक्ष उद्घारी यादव, दलित महिला वडा सदस्य जिवछि देवी दास, र नेकपा माओवादीका नेता महेश लाल यादवले आ–आफ्नो धारणा प्रस्तुत गरे।
कार्यक्रमको सुरुवात सेफ नेपाल का संयोजक तथा मानव अधिकारकर्मी बिनोद महराले गर्नुभएको थियो। युवासञ्जालका अध्यक्ष जित कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रमोद शर्माले गर्नुभएको थियो।
राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश जनकपुर कार्यालयका प्रमुख बुद्ध नारायण साहले सिमान्कृत समुदायलाई योजना छनौट प्रक्रियामा सहभागी गराउन कानूनी र व्यावहारिक पक्षका महत्वपूर्ण पाटाहरू उजागर गर्नुभयो।
युवासञ्जालका सक्रिय सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा योजना छनौट प्रक्रियामा सिमान्कृत समुदायको पहुँच अभिवृद्धि गर्ने उपाय, चुनौती, र सम्भावनाहरूमा गहन छलफल गरिएको थियो।
