सन्तोष कुमार यादव
धनुषा २०८१ आसार २६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक )२०८१ असार २४ गते बटेश्वर गाउँपालिकाको मानव अधिकार समुहकाे कार्ययाेजना तथा बार्षिक कार्यक्रम काे समिक्षा बैठक कार्यक्रम मानव अधिकार समुहको अध्यक्ष सुरज महत्ताे काे अध्यक्ष्ातामा बसि बैठक सम्पन्नता भएको छ।
उत्त प्रस्तावहरूमा मानव अधिकार समुहकाे कार्ययोजना तथा बार्षिक कार्यक्रम समिक्षा छलफल गर्दा बटेश्वर गाउँपालिकाका मानव अधिकार समुहले २०८० साल भरि गरिएको कार्यक्रममा शिक्षा ,स्वास्थ्य ,विभेद तथा महिला हिंसा ,वातावरण जस्ता कार्यक्रम गाउँपालिका भित्रका विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम र विभिन्न योजना निर्माण ,स्थानीय समुदायलाई अधिकार र दायित्व प्रती सचेत पर्दै जिम्मेवारी निकायलाई जवाफदेही समेत बनाएको।
यस बटेश्वर गाउँपालिकाका अध्यक्ष लाई विभिन्न कार्यक्रम र नीति निर्माण कार्यन्वायन सम्बन्धि ध्यानाकर्षण पत्र बुझाएको र ७५ अौ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन बटेश्वर गाउँपालिका -५ शान्तिपुर काे मस्लिम टोलमा मदरसा काे प्रागङनमा वृक्षरोपण कार्यक्रम ,१६ दिने लैङ्िगक महिला हिंसा दिवसका दिनमा बटेश्वर गाउँपालिका -४ मा हस्ताक्षर क्याम्पिङ कार्यक्रम , विभिन्न विधालयका बाल अधिकार सचेतना समुहले सडक नाटक कार्यक्रम सहभागिता , ११४अौ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरि कार्यक्रममा, यस गाउँपालिकाका मानव अधिकार समूह सहभागिता रहेको छ।
ईन्सेक द्वारा बटेश्वर गाउँपालिकाको शिक्षा कार्यक्रम अन्तरगत संचालन गरि रहेको कार्यक्रम मानव अधिकार समुहले शिक्षा ,स्वास्थ्य ,वातावरण र विभेद तथा महिला हिंसा कार्यक्रम हाम्रो मानव अधिकार समुहले साथ सहयोग र सहभागिता गरि रहेको अध्यक्ष सुरज महत्ताेेेले बताउनुभयो।
यस कार्यक्रम धनुषा जिल्ला सहजकर्ता शिवजी परियार ले सहजिकरण गर्नुभयो ।