” बोक्सी “आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी !!

न्युज टाईम्स टिभी डेस्क, सर्लाही, ०८१ चैत २५ गते, सोमबार
४४ वर्षीया महिलालाई गोडैता नगरपालिका-७ का ३८ वर्षीय बिरेन्द्र कुमार यादव र ३६ वर्षीय भिखारी चौधरीले ‘कथित बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडित पक्षले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ चैत १५ गते उजुरी दिनु भएको छ ।

प्रहरीले आरोपितहरूविरुद्ध उजुरी चैत १९ गते उजुरी दर्ता गर्‍यो ।

पीडित महिलालाई आरोपितहरूले चैत ७ गते “कथित बोक्सी” आरोपमा गालिगलौज गर्नुका साथै कुटपिट गरेको पीडित पक्षको आरोप रहेको छ ।

पीडित महिलाको स्वास्थ्य उपचार प्रादेशिक अस्पताल मलंगवामा चैत ७ गतेदेखि ९ गतेसम्म भयो र थप उपचार वीरगञ्जस्थित नेशनल नारायणी अस्पतालमा चैत ११ गते देखी १२ गतेसम्म भएको पीडित पक्षले बताउनु भयो ।

घटना बारे अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय, मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।

पीडित महिलाको घाउँजाच प्रादेसिक अस्पताल मलंगवामा चैत १९ गते गरिएको डा. संजिब कुमार सिंहले जानकारी दिनु भयो ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *