बिद्यार्थीहरुलाई बिधालयमा अनिवार्य रूपमा ड्रेस लगाएर नै आउँनु पर्ने – अध्यक्ष शत्रुधन यादव

बिधालयमा बिद्यार्थीहरुलाई अनिवार्य रूपमा ड्रेस लगाएर नै आउँनु पर्ने

धनुषाको औरही गाउँपालिका वडा नम्बर १ स्थित श्री सर्वोदय उच्च मा. बि. पौडेश्वरमा बिद्यार्थीहरुलाई आज बुधबार छात्रवृत्ति वितरण गरिएको छ ।विद्यालयमा अध्ययनरत , दलित, अपांग तथा छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । आर्थिक बर्ष २०८०/८१ को छात्रवृत्ति वितरण कार्यक्रम फाल्गुन २३ देखि २४ गते दुई दिन सम्मको लागि राखिएका छन् ।

” बिधालयमा बिद्यार्थीहरुलाई अनिवार्य रूपमा ड्रेस लगाएर नै आउँनु पर्ने ” छात्रवृत्ति वितरणको क्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन यादवले भने । प्रधानाध्यापक गणेश रायका अनुसार, १ कक्षा देखि ८ कक्षा सम्म दलित तथा अपांग ६२ जना छात्रालाई रु ५ सय र १७७ जना छात्रालाई ४ सय गरि जम्मा २३९ बिद्यार्थी लाई १ लाख १ हजार ८ सय रुपैयाँ वितरण गरेको बताए । छात्रवृत्ति वितरणकार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शत्रुधन यादव, सदस्य राजु अधिकारी, सोनी साह, सोनिता यादव, दीप नारायण, राम जिवन, प्रधानाध्यापक गणेश साह लगायतका सहभागीता रहेका थियो ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *