फैक्ट्रीको विरुद्धमा किसानहरु मन्त्रालयमा गराए उजुरी दर्ता !!

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम ।

फैक्ट्रीको विरुद्धमा किसानहरु मन्त्रालयमा उजुरी दर्ता गराए छन् । फ्याक्ट्रीमा मिसाइएको केमिकल बाहिर फाल्दा महेन्द्रनगरमा चार बिघा खेतमा लगाइएको धान नस्ट भएको छ। लोमस फर्मास्युटिकल्स प्राइभेट लिमिटेड फ्याक्ट्रीको लापरबाहीले गर्दा किसानहरुको धान नोक्सान भएको छ।

पानीमा बिषालुयुक्त केमिकल मिसिएका कारण धानमा क्षति भएको तर उक्त केमिकल नजिकै रहेको लोमस फर्मास्युटिकल्स प्राइभेट लिमिटेड फ्याक्ट्रीको पीडित किसानको आरोप छ ।

यही ०८१ भदौ २३ गते आइतबारको दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, घरेलु तथा साना उधोग कार्यलय धनुषा लगायत विभिन्न सरकारी निकायमा किसानहरुले निवेदन दर्ता गराएका हुन्  ।

यसअघि भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय, मधेश प्रदेश, कृषि ज्ञान केन्द्र धनुषा,  अनुसन्धान केन्द्र हर्दिनाथ बनिनिया र माटो तथा मल परिक्षण प्रयिगशाला कार्यलय राजबिराजले समेत अनुगमन गरेका थिए ।

माटो तथा मल परिक्षण प्रयोगशालाको कार्यलय राजबिराजले सुकेको क्षेत्रबाट धान बिरुवा नमुना संकलन गरेको थियो । सो कार्यलयको निम्ति प्रमुख सुनिल सिंहका अनुसार,हामीले लिएर आएको नमुनाको परिक्षण गर्छौ । तर, परिक्षण गर्दा केमिकल बाटै धान नष्ट भएको कुरो यहाँ चेकजांच नहुने उनले प्रष्ट पारे । अहिले किसानहरु निरासा बनेका छन् ।

गत २०८१ भदौ १२ गते न्युज टाईम्स टेलिभिजन बाट दस्तकको संयुक्त टोलीले पीडित कृषक र फ्याक्ट्रीको अनुगमन गर्नुका साथै क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मकेश्वर यादवसँग कुरा गर्दा त्यतिबेला नै आफ्नो लेटर पेडमा तीन दिनको म्याद राखी फाइटिङलाई पत्र काटेका थिए। तीन दिनभित्र पीडित कृषकहरूको क्षतिपूर्ति वा छलफलमा नआएपछि हामी आन्दोलन गर्ने र ५०० स्थानीय लिएर घेराउ गर्न बाध्य हुन्छौ अध्यक्ष यादवले बताएका थिए ।

कृषक प्रदीप यादवका अनुसार, क्षिरेश्वरनाथ नगरपालिकाको नगर प्रमुख सुखदेव यादवले नगरपालिकामा फैक्ट्री र किसान बीच मोखित सम्झौता गराएका छन् । फैक्ट्रीका म्यानेजर जिवक्ष साहलाई नै १० दिन भित्र माटो र पानीको परिक्षण गराएर ल्याउन नगर प्रमुख यादवले भनेका उनले बताए ।

म्यानेजर जिवक्ष साहको प्रवृत्ति तानाशाह रुपमा रहेको र क्रियाकलाप हितलर जस्तो रहेको ट्याग लागेका पात्र हुन् । यो फैक्ट्री मान्छेलाई जिवनदान दिन्छ र यसको पानीले नघासलाई र नमाछालाइ असर पार्छ उनले भनेका हुन्।

यद्यपि, उद्योग, वाणिज्य तथा पर्यटन  मन्त्रालयका मन्त्री , सकिल अलि  मिया र वन तथा वातावरण मन्त्रालयका मन्त्री त्रिभुवन साहलाई नै निवेदन दिएको हो । वास्तविक रूपमा फैक्ट्री कै कारणले गर्दा बाली नष्ट भएको हो भने किसानलाई न्याय दिलाउने उनीहरूले विश्वास व्यक्त गरे ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *