सन्तोषकुमार यादव
न्युज टाईम्स डेस्क- धनुषा ०८१ चैत ४ गते।
सबैला नगरपालिका-९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच ०८१ चैत ४ गते भएको झडपलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर सहिद नगर नगरपालिका–१ का २० वर्षीय सन्तोष यादव घाइते भएका छन् ।
भठिहनस्थित चोकको नाम यादव चोक राखिएको थियो । तर, अन्य समुदायका मानिसहरूले चोकको उक्त नामको विरोध गर्दै चोकको नाम लेखिएको बोर्ड हटाएका थिए । जसका कारण दुई समूहबीच विवाद भई झडप भएको थियो ।
झडपलाई नियन्त्रणमा लिन १३ राउण्ड अश्रु ग्याँस र पाँच राउण्ड हवाई फायर गरेको भए तापनि अवस्था सामान्य हुन नसक्दा बाध्य भई प्रहरीले गोली प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालयका एसपी भुवनेश्वर तिवारीले जानकारी दिनु भयो ।
यादवको मलद्धारमै गोली लागेको कारण उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएको भए तापनि यहाँ उनको उपचार हुन नसक्दा थप उपचारको लागि उनलाई काठमाडौं लग्ने तयारी भइरहेको उपचारका लागि खटिएका चिकित्सकले बताउनु भयो ।