न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, २०८१ चैत २६, मंगलबार
प्रधानमन्त्री केपी शर्मा ओली आज मधेस प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी बिहान ११ बजे जनकपुरधाम पुग्ने छन् र त्यसपछि प्रदेशसभालाई सम्बोधन गर्नेछन्।
त्यसपछि प्रधानमन्त्री ओलीले शहिद हेमनारायण यादवको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको छ। यस्तै, आजै सिरहामा रहेको सूर्यनारायण सत्यनारायण मोरवैत्ता यादव क्याम्पसमा आयोजित नेकपा एमालेको आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ ।