परोहा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भब्यका साथ सम्पन्न !!

मेवालाल यादव
न्युज टाईम्स टिभी डेस्क, रौतहट, १९ मंसिर २०८१, बुधवार

अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भब्यका साथ सम्पन्न भएको छ । देशका विभिन्न ठाँउहरुमा यो दिवसका अवसरमा अपाङ्गता भएका व्यक्तिको हक र अधिकार प्राप्तिका लागि समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार भन्ने मुल नाराका साथ ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको थियो ।

यस पाली अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अपांगता समावेशी न्यायमा पहुँच सहितको जनउतरदायी स्थानीय सरकार , दिगो भविष्य लागी अपांगता भएका ब्यक्तिको सशक्त नेतृत्व हाम्रो सरकारका साथ रौतहट जिल्लाको परोहा नगर भरीमा मुल नाराका साथ कार्यक्रमका सम्पन्न भएको छ ।

अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको हक र अधिकारका विषयमा अन्तरकृया कार्यक्रमका साथ अपाङ्गता रोकथाम तथा पुन स्थापना कार्यक्रम अन्तर्रगत रहेर राष्ट्रिय अपांग कलयान संघ नेपालको आयोजनामा कार्यक्रम गर्दै कार्यकारी निर्देशक राजेश साहले जानकारी दिनु भयो । हाल सम्म अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकारले दिएका सेवा सुविधाहरुमा परिचय पत्रको व्यवस्था, समुदायमा आधारित प्रस्तावना कार्यक्रमको प्रवद्र्धन, पुनःस्थापना केन्द्रहरुको लागि अनुदान सहयोग, सहायक सामाग्री वितरण, अपाङ्गता भएका व्यक्तिहरुको लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था, उच्च शिक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था, छात्रवृत्तिको व्यवस्था, सार्वजनिक यातायातमा छुटको व्यवस्था, निःशुल्क स्वास्थ्य उपचार, पूर्ण अस्वस्थ व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

सो ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपाल मधेस प्रदेश सदस्य ललन कुमार चौरसिया , अभियान नेपालका प्रोग्राम कोडनेटर जिवनाथ प्राजुली , परोहा नगरपालिकाको महिला , बालबालिका शाखा प्रमुख ऐसा खातुन , श्री छाया अपांगता आवासीय आधारभुत बिधालयका प्र. अ. जान्की घिमिरे , पत्रकार लगायत १०० सय जनाको सहभागिता रहेको थियो ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *