न्युज टाईम्स टिभी डेस्क , जनकपुरधाम, शुक्रबार माघ ११ गते, २०८१
धनौजी गाउँपालिकामा एच. पि. भी. (HPV) खोप अभियान सम्बन्धिमा स्वास्थ्यकर्मी १ दिने तालीम सम्पन्न भएको छ । सो खोप दोस्रो चरणमा यहीँ २०८१ फाल्गुन १ गते देखि धनौजी गाउँपालिकामा लगाउने भएको हो ।
यो खोप विश्व क्यान्सर दिवस माघ २२ गते बाट ७७ जिल्लामा संचालनमा आउने र माघ २३ गते देखि धनुषा जिल्लामा सुरुवात हुने भएको छ ।
बिश्वभरमा पाठेघरको क्यानसर ४ स्थानमा र नेपाल मा २ स्थानमा रहेको छ । प्रतेक बर्षमा यो खोप निमित्त रूपमा लगाउनु पर्ने भएको हो पाठेघरको क्यान्सर बाट बचाउनका लागिएच.पि. भी. भ्याक्सिन लगाउने गरिन्छ ।
सो कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राज कुमार साह रहेको र अध्यक्षता स्वास्थ्य शाखा प्रमुख उमेर साह गरेको थियो ।
यो खोप महत्त्वपूर्ण हो । ध्यान पुर्वक जसलाई खोप लगाउनुपर्ने लगाउने, लापरवाही र त्रुटिपूर्ण रूपमा कोही पनि नछुटोस गाउँपालिका अध्यक्ष राज कुमार साहले कार्यक्रममा भने ।
एच. पि. भी. खोप अभियानलाई सफल पारौं, लक्ष्य अनुरुप खोप लगाउँ, कोही पनि बन्चित नहोस् र खोप लगाउनुमा कुनै पनि आवस्यकता परे पालिकाले सहयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शर्माले बताए ।
एच. पि. भी. (HPV) खोप अभियान सम्बन्धिमा स्वास्थ्यकर्मीहरुलाई १ दिने तालीमको प्रस्तुतीकरण जिल्ला स्वास्थ्य कार्यलय धनुषाका प्रशिक्षकल अशोक लाल कर्णले दिएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राज कुमार साह, प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शर्मा, स्वास्थ्य शाखा प्रमुख उमेर साह, जिल्ला स्वास्थ्य कार्यलय, धनुषाका प्रशिक्षक अशोक लाल कर्ण, लगायत स्वास्थ्यकर्मीहरको सहभागी रहेको थियो ।