धनौजी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न !!

धनुषा धनौजी गाउँपालिकाको वार्ड न. ३ झोझी कटैया टोलको सार्वजनिक ठाउमा ” पारदर्शिता नै भष्ट्राचार अन्तको मूख्य आधार हो ” मुल नाराका साथमा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाको सु–शासन, बिकास ,कमिकमजोरी ,सुधार्न गर्नुपर्ने कुरा , पारदर्शिता र जवाफदेहिताका लागि धनौजी गाउँ पालिकाको सहयोग तथा समाज बिकास सेवा केन्द्रको आयोजनामा आर्थिक वर्ष ०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

गाउँ पालिका का शाखा प्रमुख हरुले आ आफनो प्रगति विवरण प्रस्तुत गरेका थिए।योजना तथा प्राविधिक शाखा प्रमुख धिरज कर्ण,स्वास्थ्य शाखा प्रमुख गौरी शंकर मण्डल,शिक्षा शाखा प्रमुखका जिम्मेवारीमा रहेका विजय कुमार मण्डल,लेखा शाखा राधेश्याम राय,प्रशासन स्टोर शाखा प्रमुख अरुण कुमार यादव ,कृषि शाखा श्री भोगेन्द्र यादव पशु शाखाका धुरण मण्डलले आ आफनो शाखाको कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए ।

गाउँ पालिकाको वार्ड न. ३ झोझी कटैया टोलमा जनप्रतिनिधि, पालिकावासी, स्थानीय राजनीति दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,शिक्षक सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा सैकडौ प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले गाउँपालिकामा भईरहेको विकास निर्माण कार्यहरुमा गुणस्तर किन घटेको छ ,कृषकका लागि स्यालो टिउबेल,पानीको व्यवस्थापन , मल ब्यवस्थापन भएन ? शिक्षा र स्वस्थ्यको गुणस्तरीय सुधार किन भएन ,दुई वटा बर्थिङ सेन्टर मध्ये एउटा पनि पुर्न रुपमा संचालन न भएको मा स्थानिय द्वारा आक्रोश व्यक्त गरेका छन ।योजना अनुगमन कार्य किन ढिलो हुन्छ ? समयमा सुचनाको बारेमा जानकारी किन हुदैन भन्दै स्थानियहरुले गुनासो गरेका थिए ।
गाउँवासीले उठाएका सवाल तथा गुनासोलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राज कुमार साहले हरेक विकासका पुर्वाधारहरु उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो । नागरिकको चासोसँग आवद्ध भएर जवाफदेहीता लाई विकास गरिने उहाँले बताउनुभयो । अगामि दिनमा कामलाई प्रभावकारी बनाउन अनुगमनलाई तिब्रता दिने, गुणस्तरिय शिक्षा र स्वास्थ्य लाई निरन्तरता , एउटा बर्थिङ सेन्टर छिटो संचालन गरिने बताउनु भयो ।

उहाँले स्वास्थ्य,शिक्षा,कृषि, ग्रामीण विद्युतीकरण,खानेपानी,यातायात,सबै महत्वपूर्ण रहेको बताउँदै क्रमशः प्राथमिकताका आधारमा योजना बनाई सबैलाई अगाडी सार्दै हरेक क्षेत्रमा विकास गरेको बताउनुभयो । उहाँले जनताका हरेक गुनासालाई आत्मसात गर्दै अगामि दिनमा अगाडी बढ्ने बताउनुभयो ।

गाउँपालिकाको क्रियाकलाप तथा गतिविधि, विकासका कामको ढिला सुस्ती, अनियमितता, कमीकमजोरी, विकास निर्माणका काम,गुणस्तरीय शिक्षा, लगायत हरेक जनताको गुनासोप्रति प्रतिबद्ध रहेर अगाडी बढ्ने प्रमुख प्रशासकीय अधिकृत संतोष कुमार शर्माले बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममाजिल्ला समन्वय समितिका सभापति राज नन्दन मंडल, सहायक प्रजिअ पुसप राज पौडेल, गाउँ पालिका उपाध्यक्ष राम बति देवि मंडल लगायतकाले आ आफनो मन्तव्य राखेका थिए ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *