धनुषा प्रहरीमा ४ जनामाथि पत्रकार विनयकी आमाले दिइन जाहेरी !!

न्युज टाईम्स टेलिभिजन डेस्क, जनकपुरधाम ।
ईन्यूज ब्यूरोका कार्यकारी सम्पादक एवम् रेडियो धनुषाधामका संचालक विनय कुमार यादवको मृत्यू प्रकरणमा परिवारजनको तर्फबाट उनकी आमाले जाहेरी दिएकी छन् । बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेर विनयकी आमा कान्ती देवी यादवले पत्रकारहरुसँगै पुगेर उपस्थितिमा जाहेरी दिएकी हुन् ।

घटनास्थलको प्रकृति र मृतक विनयको शवको प्रकृति हेर्दा उनलाई योजना बनाएर हत्या गरी दुर्घटनाको रुप दिन खोेजेको भन्दै अनुसन्धानको लागि ४ जनामाथि किटानी जाहेरी दिएकी हुन् । उनकी आमाले विभिन्न सँचार माध्यमका पत्रकारहरु, प्रेस युनियन नेपालका सदस्यहरुको रोहबरमा जाहेरी दिएकी हुन् । कान्ती देवीले ललन भन्ने लक्ष्मीनारायणसहित ४ जनामाथि किटानी जाहेरी दिएकी हुन् ।

सो क्रममा अनुभवी पत्रकार अनिल कर्ण, प्रेस युनियनका महासचिव हरिवंश यादव, नागरिकका धनुषा संवाददाता सुरेन्द्र यादव, न्यूज ब्यूरोका शंकर प्रसाद यादव, गोविन्द यादव, सँचारकर्मी अयुब खान, सँचारकर्मी ओम प्रकाश साह, नेविसंघ धनुषा एवम् राराबका स्वीयू अध्यक्ष मनिष यादव लगायतका व्यक्तिहरुको उपस्थितिमा जाहेरी दिइएको हो ।

साथै, सो क्रममा पत्रकार अनिल कर्णले पत्रकार यादवको मुद्दालाई गहन रुपमा छानबिनको लागि आग्रह गरे । उनले धनुषा प्रहरीको अनुसन्धानप्रति विश्वास व्यक्त गरे ।

स्रोत ;-न्युज ब्युरो

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *