न्युज टाईम्स टिभी डेस्क, धनुषा २०८१ मंसिर २१ गते ।
विदेह नगरपालिका- ५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको हो ।
मृतक महिलाको घरभन्दा डेढ किलोमिटर टाढा सोही ठाउँ बस्ने शिवनारायण मण्डलको खेतमा मङ्सिर १९ गते ११ बजेको समयमा लास भेटिएको थियो । मृतकको टाउको सोही ठाउँको कमला नदीको नहरमा भेटिएका थिए भने शरीर नग्न अवस्थामा थियो । शरीर र टाउको भेटेको भन्दा सय मिटर पर रगत बगेको देखिएको र धारिलो हतियारले घाँटी छिनाएर उनको हत्या भएको छ । हत्या भएकी महिलाको पति ७ साल देखि साउदिमा वैदेशिक रोजागारमा छन् ।
वडा -५ का वडाध्यक्ष राधेश्याम गोइतका अनुसार, मङ्सिर १८ गते ४:३० बजेको समयमा रामपरी घाँस काट्न भन्दै घरबाट निस्किएकी थिइन् । अबेर साँझसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । तर त्यसको भोलिपल्ट रामपरीको हत्या भएको अवस्थामा शव फेला परेको पछि प्रहरीलाई जानकारी गराएको बताए ।
मृतक लासको पोस्ट म्याडम मङ्सिर २० गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।
घटनामा संलग्न भएको आशंको आधारमा प्रहरीले अनुसन्धानको लागि मङ्सिर २० गते सोही ठाउँ बस्ने ५२ वर्षीय संगम पासमान, ४५ वर्षीय कुशे यादव बिराजी, ३८ वर्षीय हिरे गोइत यादवलाई नियन्त्रणमा लिएको थियो । तीनजना मध्ये दुई जनालाई छाडी संगम पासमानलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्सपेक्टर सागर कार्कीले बताए ।