अनितेश यादव, जनकपुरधाम ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०७९/०८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा सार्वजानिक गरिएका छ । धनुषाको औरही गाँउपालिकाले आ. व. २०७९|०८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) को गुणस्तर परीक्षणमा मधेश प्रदेशमय प्रथम स्थान हासिल गर्नमा सफल भएको हो ।
अध्यक्ष उमा शंकर प्रसाद शाह, प्रमुख प्रशासकीय अधिकृत सविर कुमार महताे लगायत सम्पूर्ण कर्मचारीहरु र जनप्रतिनिधिहरुको अथक मिहिनेत र प्रयासवाट मधेश प्रदेश मै प्रथम आएको देखिन्छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गर्दा प्रतिस्पर्धामा माथिल्लो स्थानमा देखिएको, संघीय सरकार, प्रदेश सरकार तथा दातृ निकायबाट प्राप्त हुने विभिन्न अनुदानहरुको अनुपात बढ्ने, पालिकाको समग्र सुचकहरुमा सुधार भई सेवा प्रवाहमा सुधार भई सुशासन बढ्ने,स्थानीय तहका कर्मचारीहरुको क्षमतामा अभिवृद्धि हुने, पालिकाको कामकारवाहीको मुल्यांकन Online बाटै देश विदेश बाट हेर्न सकिने र NGO/INGO को लगानी आकर्षन हुने जस्ता फाईदाहरु औरही गाउँपालिकालाई नै हुने प्रमुख प्रशासकीय अधिकृत महताेले बताए ।
कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने धनुषाको औरही गाँउपालिकाले क्षमता स्वमूल्याइन गर्दा जम्ममा कायम अंक ८३. ७५%, शासकीय प्रबन्ध ७.५%, संगठन तथा प्रशासन ६%, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ६.५%, वित्तीय एवम् आर्थिक व्यवस्थापन १०.७५%, सेवा प्रवाह १६%, न्यायीक कार्य सम्पादन ७%, भौतिक पुर्वाधार ८.५%, सामाजिक समावेशीकरण ८.५%, वातावरण संरक्षण तथा विपद व्यवस्थापन ७%, सहकार्य र समन्वय ६% ल्याएको हो ।
यद्यपि, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) को गुणस्तर परीक्षण गर्दा धनुषाको औरही गाउँपालिका मधेश प्रदेशमा पहिलो हुँदा पुरस्कृत गर्ने तयारी भएको बुझिन्छ ।