न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, २०८१ चैत २६ गते, मंगलबार
जनता समाजवादी पार्टी नेपाल, हंसपुर नगरपालिकाको प्रथम नगर अधिवेशन हर्षोल्लासका साथ सोमवार सम्पन्न भएको छ ।
नगर अध्यक्ष राम नारायण कापड़िको अध्यक्षता तथा केन्द्रीय उप-महासचिव एवं नेपाल सरकारको पूर्व मंत्री माननीय दिपक कार्कीको प्रमुख आतिथ्य एवंम केन्द्रिय सदस्य तथा प्रदेश सांसद माननिय राम अशिष यादवको विशिष्ट आतिथ्यमा नगर अधिवेशन सम्पन्न भएको हो ।
नगर अधिवेशन वाट सर्वसम्मतिले नगर अध्यक्षमा पुनः हंस्पुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम नारायण कापड़िलाई चयन गर्दै ५७ सदस्यीय नगर कार्य समिति गठन गरिएको छ । नव गठित नगर कार्य समितिका पदाधिकारी एवंम सदस्यहरुलाई प्रमुख अतिथि माननिय दिपक कार्की तथा विशिष्ट अतिथि माननिय रामअशिष यादवले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।