जनताको मन-मनमा प्रमोद यादव – पुर्व मंत्री महतो

न्युज टाईम्स टिभी डेस्क, ९ मंसिर २०८१, आइतवार

यही २०८१ मंसिर १६ गते ३३ जिल्लाका रिक्त ४४ पदका लागि उपनिर्वाचन हुँदैछ ।

धनुषाधाम वडा नम्बर १ मा पनि चुनावी गतिविधि जोरदार रुपले बढेको छ । नेकपा एमाले पार्टीको तर्फबाट धनुषाधाम -१ मा  वडा अध्यक्ष पदका लागि प्रमोद यादवले उमेदवारी दिएका हुन्।

नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवम् धनुषा जिल्ला इन्चार्ज मा.जुलि महतोको प्रमुख अतिथिमा धनुषाधाम नगरपालिका-१ को उपनिर्वाचन सम्बन्धमा बैठक बसेको हो । सो  बैठकमा बिशिस्ट अतिथि चन्देश्वर मण्डल रहेको भने क्षेत्रीय अध्यक्ष जोगि यादवको अध्यक्षतामा बसेको  थियो  ।

उपनिर्वाचन सम्बन्धि विभिन्न एजेन्डामा आधारित बैठक बाट ३ वटै टोलमा चुनाव परिचालन समिति गठन गरिएको छ । चुनाव परिचालन समिति गठनमा कासिपुरको इन्चार्ज नेकपा एमाले पार्टीको प्रदेश कमिटी सदस्य संजय यादव सहित १८ जना, मुग्राहाँको इन्चार्ज केदार अधिकारी सहित १३ जना र खोरीयांको इन्चार्ज लक्ष्मण यादव सहित ३२ जना चयन भइ जिम्मेवारी लिएका छन् ।

 नेकपा एमाले महिला, गरिब, दलित, सहित जनताको पार्टी रहेको छ । यहाँको विकास, समृद्धि, आर्थिक, समाजिक अन्य सबै घरमा सेवा पुग्ने भने जनताले बुझिरहेको हुँदा  जनताको मन-मनमा रहेको प्रमोद यादवलाई निर्वाचित गराउने पुर्व मन्त्री महतोले भनीन्न । साथै,सम्पुर्ण नगर, जिल्ला, प्रदेश, केन्द्रको सबै नेताहरु धनुषाधामको उमेदवारलाई जिताउनका लागि र जनताको काम गराउनका लागि सबैजना लागेकोले प्रमोद यादव मात्र होइन सिङ्गो पार्टीले उमेदवार दिएको हुँदा जनताको घर- घरमा पुगेर जनतालाई सेवा दिने र जनताले विश्वास गर्दै यसपालि हामीलाई बिजय बनाउने उनी आफ्नो धारणा राखेकी छिन ।

यदपि,  वडा अध्यक्ष पदका उमेदवार प्रमोद यादवले ३ वटै टोलमा घर दैलो अभियान धुमधाम सहित भव्य रूपमा सम्पन्न गरिएको छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *