जनकपुरधाम/फागुन २६ गते। जनकपुरधाममा शनिवार दोस्रो अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको छ । दोस्रो इन्टर स्कुल कृकेट प्रतियोगिता भव्यताका सफल गर्दै हप्ता दिन पछि रंगभुमी मैदान बाह्रविघामा सुरु भएको क्रिकेट प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवले गरेकी छन् । रंगभुमी मैदान बाह्रबिघामा मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले ब्याटिङ र पत्रकार स्मृति झाले बलिङ गर्दै उद्घाटन गरेका छन् । महाशिवरात्री तथा नारी दिवसको भोलिपल्ट गरेर महिलाको सम्मान तथा जनकपुरधाममा महिला कृकेटलाइ बढाउन उद्येश्यले महिला द्वारा बैटिङ्ग र बलिङ्ग गर्दै प्रतियोगिताको समुदघाटन गरिएको छ।
खेलको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री यादवले खेलाडीहरुलाई क्रिकेट खेल जगतमा आफ्नो छबि बनाउन र सफलहुनको लागि कोशिस गर्न सुझाव दिएका छन । वहाले मधेश प्रदेश क्रिकेट सहित अन्य खेलहरुमा अगाडी आईरहेको र खेलाडीहरुलाइ आगामी दिनमा अगाडी बढन धेरै सम्भावना रहेको बताउनु भयो। साथै यस्तो आयोजकले प्रतियोगिताहरुको आयोजना गरेर खेलाडिहरुलाई प्रोत्साहन र उर्जावान बनाईरहेको बताएको छन्। अहिलेको युवा पुस्ता खेलमा व्यस्त रहदा लागुऔषध तिर ध्यान नपुग्ने र युवाहरको भोलिको भविश्य उज्वल रहने बताइन ।
जनकपुरधामको बाह्रबिघा रंगभूमि मैदानमा सुरु भएको प्रतियोगिता जनकपुर स्पोर्ट्स क्लब र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। चैत १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टीमको सहभागीता रहेको प्रतियोगिताको संयोजक अम्भु प्रसाद साहले जानकारी दिए । आजको उद्घाटन कार्यक्रमको अध्यक्षता यस प्रतियोगिताको संयोजक अम्भु प्रसाद साहले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव,अतिथिहरुमा जनकपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष मनिष रमण,जनकपुरधाम उपमहानगरपालिका वडा न.- १६ का वडा अध्यक्ष रामचन्द्र पजियार,राराव क्याम्पसका स्व.वि.यु सभापति मनिष कुमार यादव, वरिष्ठ पत्रकार स्मृती झा, पुरन गुप्ता, सुभाष कर्ण, अनितेश यादव पत्रकार गिरिजानन्द साह र प्रतियोगितामा सहभागी रहेको ८ वटै टिमको क्याप्टेनहरुको उपस्थिति रहेका थिए।
उद्घाटन खेलमा वि.पी. मेमोरियल विजय भएको छ । शनिवार भएको खेलमा मोडेल क्याम्पस क्रिकेट टिमलाई ३ विकेटले हराउँदै वि.पी. मेमोरियल विजयी भएको हो । खेलमा मोडेल क्याम्पसले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । ब्याटिङ सुरु गरेको मोडेल क्याम्पसका खेलाडीहरु १९.३ ओभरमा अल आउट हुदै ११२ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ११३ रनको लक्ष्य दिएको थियो । मोडेल क्याम्पसको टिमका लागि सायमोन रोय ले ३२ बलमा ४३ रन र राहुल मण्डलले ४६ बलमा २६ रनको योगदान दिएको थियो । वि.पी. मेमोरियल तर्फबाट बलिङ गरेका सर्फारक खानले २ विकेट,सुमित सिंहले २ विकेट,अखिलेश ठाकुरले २ विकेट,राजेश ठाकुरले २ विकेट र बिशाल रोयले २ विकेट विकेट लिन सफल भएका थिए ।
खेलमा जवाफि ब्याटिङका लागि वि.पी. मेमोरियलका खेलाडीहरु १८.३ ओभरमा ७ विकेटको क्षतिमा ११६ रन बनाएर ३ विकेटको खेल जित्न सफल भयो। वि.पी. मेमोरियलका खेलाडीहरु मध्ये अखिलेश ठाकुरले ३२ बलमा ३९ रन बनाए भने र राम किशोरले १६ बलमा १७ रन बनाए । मोडेल क्याम्पसको टिमका लागि बलिङ गरेका केशव यादवले २ विकेट र अमित मण्डलले २ विकेट लिन सफल भएका थिए । यस खेलको म्यान अफ दी म्याच वि.पी. मेमोरियलका खेलाडी अखिलेश ठाकुर भएका थिए। जसले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका थिए भने ब्याटिङ गर्दा ३३ बलमा ३२ रन बनाएको थियो। खेलको म्यान अफ दि म्याच गिता गिफ्ट हाउसका संचालक युवा व्यवसायी श्री श्याम साह ज्यु द्वारा प्रदान गरिएको थियो जसले प्रतियोगिता भर सबै खेलको म्यान अफ दि म्याच ट्रफी स्पोन्सर गरेका छन !
