न्युज टाईम्स डेस्क, जनकपुरधाम,२०८१ असोज १० गते, बिहीवार ।
“४५ औं विश्व पर्यटन दिवस २०२४” मा तय कार्यक्रम अन्तर्गत जनकपुरधाम विमानस्थलमा करिब १६० पर्यटकहरुलाइ गम्छा, रुद्राक्ष माला र अबिर लगाई स्वागत सम्मान गर्दै भव्यता साथ सम्पन्न भएको छ !
७ दिने ७ सप्ताहव्यापी कार्यक्रम भव्यता साथ मनाउन ०८१असोज ०५ गते शनिबार देखि ०८१ असोज ११ गते सम्म हुने भएको छ । कार्यक्रममा पहिलो दिन धार्मिक पदयात्रा ५२ कुट्टी ७२ कुण्ड अवलोकन दर्शन, बिहान ६ बजे जानकी मन्दिर बाट, दोस्रो दिन सरसफाइ तथा वृक्षारोपण बिहान ७ बजे मणिमण्डप मन्दिरमा, तेस्रो दिन पर्यटन प्रबर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम, चौधौं दिन अतिथि सत्कार सम्बन्धि जनचेतना कार्यक्रम, पाचौं दिन रेल्वेबाट आउने पर्यटकहरूलाई गम्छा माला लगाई स्वागत सम्मान , छौं दिन हवाई मार्ग तथा जटही तथा भिट्ठामोड नाकाबाट आउने पर्यटकहरू लाई स्वागत सम्मान कार्यक्रम, सातौ दिन वृहत् कला सन्सकृती झल्किने प्रभातफेरि कार्यक्रम गर्ने भएको हो । कार्यक्रमको समन्वय न्युज भिजन नेपालको अभियान भिजिट जनकपुरधाम २०२४,आयोजना जनकपुरधाम उप-महानगरपालिका कार्यालय र सहकार्य सोट्टो नेपाल सहित जनकपुरधाम टुर गाइड एसोसिएसन मधेस प्रदेश रहेका छन् ।