चक्करमा एकीकृत नि: शुल्क स्वास्थ्य शिविर

न्युज टाईम्स टिभी डेस्क, १८ माघ,२०८१ शुक्रबार

धनुषाको औरही गा.पा. वडा नं. ५ आधारभुत स्वास्थ्य सेवा केन्द्र चक्करमा शुक्रवार आज १ दिनको एकिकृत निःशुल्क स्वास्थ्य शिविर भब्यताका साथ् समपन्न भएको छ। एकिकृत निःशुल्क स्वास्थ्य शिविर धनुषाको औरही गाउँपालिकाका स्वास्थ्य शाखाले आयोजना गरेको थियो।

यस शिविरमा स्थानीय जनतालाई स्वास्थ्य सेवाहरू जस्तै चिकित्सा परामर्श, औषधि वितरण, र अन्य स्वास्थ्य जाँच सुविधा प्रदान गरिएको हो । यस प्रकारको निःशुल्क शिविरले समुदायलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन मद्दत पुर्याउँछ।

निशुल्क स्वास्थ्य शिविरमा जम्मा २६७ जना सेवाग्रहीले सेवा लिनुभएको स्वास्थ्य शाखा प्रमुख फेकन यादवले जानकारी दिए।जेनरल फिजिसियन, पेट तथा छाती रोग, उच्च रक्त चाप, मधुमेह, थाइराइड, दम तथा दीर्घ श्वास-प्रश्वास, ज्वरो, ग्याँस्ट्राइटिक्स रोग लगायत सम्बन्धी सेवाहरू सो शिविरमा प्रदान गरेको उनले भने।
शिविरमा जनकपुरधामका चर्चित डा. कृष्ण कुमार यादव M.B.B.S./MD (इन्टरनल मेडिसिन) कस्लटेन्ट फिजिसियन सहायक प्रध्यापक (MIHS) लगायत डा. सुनिल कुमार चौधरी (MB.B.S./MD) फिजिसियन , डा. प्रबिर कुमार मण्डल (MBBS) र डा. आनन्द कुमार ठाकुर (MBBS) ले जेकचाज गरेका थिए।

सो निःशुल्क स्वास्थ्य शिविरमा आफनो वासिन्दा सँग समयमै मौकाको फाइदा उठाउनुहुनका लागि वडा अध्यक्ष सरोज कुमार यादवले हार्दिक अनुरोध गरेको थियो।

कार्यक्रममा प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साह,उपाध्यक्ष पुनम कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार यादव, स्वास्थ्य शाखा प्रमुख फेकन यादव, वडा नम्बर ५ का वडा अध्यक्ष सरोज यादव,वडा नम्बर ६ का वडा अध्यक्ष लगायतका स्वास्थ्यकर्मी, डाक्टर, वडा वासिन्दाको सहभागी रहेको थियो ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *