महोत्तरी । जिल्ला महोत्तरीको गौशाला नगरपालिकामा चोरीको घटना तिव्र भइरहेको छ । बिहीवार हिजो राती नै वडा नम्बर १ कुश्माडी स्थित श्री डीप टुबेल जल प्रबन्ध समितिको पक्की घरभित्र रहेको सिचाइ बोर्डिङ्गका तामाको तार चोरी गरी लगेको हो।
सो घट्ना रातको समयमा भएकोे र घटनाको बिषय बारे ईलाका प्रहरी कार्यलय गौशालालाई समेत जानकारि गराई सकेको समिति अध्यक्ष गिरिश मान साहले बताए ।
यसरी किसानको सम्पतिमा छति पूराउनु सामाजिक अपराध हो भन्दै घटनाको घोर निन्दा गर्दै किसानहरुलाई सचेत रहन उनले समिति द्वारा आग्रह सहित छिटो अनुसन्धान गरी अपराधी पत्ता लगाई दोषीमाथि कार्वाहीको माग राखे ।
यता, सो सम्बन्धमा थप अनुशन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिए ।