न्युज टाईम्स टिभी डेस्क, धनुषा, २५ पुष २०८१, बिहिवार
धनुषाको औरही गाउँपालिका आधारभूत स्वास्थ्य सेवा केन्द्र औरही ४ मा महिलारोग सम्बन्धि बुधबार १ दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
उक्त शिविरमा स्त्रि तथा प्रशुति रोग विशेषज्ञ डा. जितेन्द्र अधिकारी यादव, मेडिकल अधिकृत डा.प्रविर कुमार मंडल,डा.आनन्द कुमार ठाकुर, डा. समिता मंडल तथा अल्ट्रासोनोलोजिष्ट डा. एम.के.ठाकुर लगायतका टिमले बिरामी चेकजाच गर्नुभएको थियो ।
निशुल्क स्वास्थ्य शिविरमा जम्मा २५४ जना सेवाग्रहीले सेवा लिएको र साथै जम्मा ५८ जना गर्भवति तथा अन्य महिलाले भिडियो एक्सरे सेवा लिएको स्वास्थ्य शाखा प्रमुख फेकन यादवले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साह र अध्यक्षता वडा नम्बर ४ को वडा अध्यक्ष जिनिशलाल मण्डलले गरेको थियो ।कार्यक्रममा उपाध्यक्ष पुनम कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार यादव, स्वास्थ्य शाखा प्रमुख फेकन यादव, कार्यपालिका सदस्य हिरा शर्मा लगायतका स्वास्थ्यकर्मी, डाक्टर, वडा वासिन्दाको सहभागी रहेको थियो ।
