न्युज टाईम्स टिभी डेस्क , जनकपुरधाम, २२ माघ २०८१, मंगलवार
धनुषाको औरही गाउँपालिकामा एच. पि. भी. (HPV) खोप अभियान सम्बन्धिमा पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । सो खोप दोस्रो चरणमा यहीँ २०८१ फाल्गुन १ गते देखि ६ गते सम्म औरही गाउँपालिकामा लगाउने भएको हो ।
यो खोप विश्व क्यान्सर दिवस माघ २२ गते बाट ७७ जिल्लामा संचालनमा आउने र माघ २३ गते देखि धनुषा जिल्लामा सुरुवात हुने भएको छ । बिश्वभरमा पाठेघरको क्यानसर ४ स्थानमा र नेपाल मा २ स्थानमा रहेको छ ।
यो खोप बिधालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू, बिधालय नजाने १० देखि १४ बर्ष उमेरका किशोरीहरुलाई लगाउने छ । प्रतेक बर्षमा यो खोप निमित्त रूपमा लगाउनु पर्ने भएको हो पाठेघरको क्यान्सर बाट बचाउनका लागिएच.पि. भी. भ्याक्सिन लगाउने गरिन्छ ।
एच. पि. भी. खोप अभियानलाई सफल पारौं, लक्ष्य अनुरुप खोप लगाउँ, ध्यान पुर्वक ज-जसलाई खोप लगाउनुपर्ने लगाउने, कोही पनि बन्चित नरहोस् , खोप लगाउनुमा कुनै पनि आवस्यकता परे पालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साहले कार्यक्रममा भने ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साह,उपाधयक्ष पुनम कुमारी साह, स्वास्थ्य शाखा प्रमुख फेकन यादव, जिल्ला स्वास्थ्य कार्यलय, धनुषाका प्रशिक्षक अशोक लाल कर्ण, लवगायत स्वास्थ्यकर्मी, प्र.अ,वडा अध्यक्ष र कार्यपालिका सदस्यको सहभागी रहेको थियो ।