औरहीमा स्थानीय र प्रहरीबीच अवस्था तनावग्रस्त !!

सन्तोष कुमार यादव

धनुषा २०८० वैशाख १४ गते l

धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार दिउँसो २ बजे देखि साँझ ६ बजेसम्म अवस्था तनावग्रस्त रहेको थिए l

०८० वैशाख ४ का दिन आफ्नै घरमा बसी अध्ययन गरिरहेकी उक्त बालिकालाई आरोपितले गाउँघरमा चेलीबेटीहरूलाई भारतमा धेरै राम्रो काम र राम्रो दाम पाइन्छ भारततिर जानुपर्छ भनी ललाई फकाई काम गर्नको लागि भारततिर लगेर भागेका थिए।

बालिकाका २५ वर्षीय दाजु राजन मण्डल का अनुसार विगतका दिनमा पनि चेलीबेटीहरूलाई भारततिर ललाई फकाई काम गर्दै आइरहेको भन्ने कुरा सुन्नमा आए थिए।

३६ वर्षीय केटीका बुवा सुरेन्द्र यादवका अनुसार उजुरी दिएको १० भएको तापनि आरोपितहरूलाई प्रहरीले पक्राउ नगरेको भन्दै सडकमा प्रदर्शन गर्न बाध्य भएको बताए।

जबसम्म आरोपितहरूलाई प्रहरीले पक्राउ गरेर कानुनको दरामा लाउँदैन तबसम्म हामीहरूको आन्दोलन निरन्तर रहने स्थानीय २६ वर्षीय सुट्टा यादवले बताए।

प्रहरीका अनुसार एउटा समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेको थियो । त्यसपछि प्रहरीले उक्त समूहले अवरुद्ध गरेको सडक खोल्न बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गरेर सडक खुलाउने क्रममा झडप भएको हो ।

उक्त प्रदर्शनका क्रममा स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीका ३१ वर्षीय असई युगल चौधरी , प्रहरी जवान २२ वर्षीय विजय श्रेष्ठ , हवल्दार २५ वर्षीय नरेश गुप्ता र सशस्त्र प्रहरीका २९ वर्षीय असई राजेन्द्र चौधरी, २४ वर्षीय प्रहरी जवान सुनित कुमार शाह घाइते भएका थिए।

प्रदर्शनलाई हिंस्रक बनाउन खोजेपछि प्रहरीले ३६ वर्षीय भुल्टन यादव र ६५ वर्षीय प्रमोद यादवलाई नियन्त्रणमा लिएको पनि जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले बताए ।

प्रहरीले त्यहाँको अवस्था नियन्त्रणमा लिन ९ सेल अश्रुग्याससमेत प्रहार गरेको डीएसपी अवाले बताए । डीएसपी अवाका अनुसार उक्त गाउँबाट प्रेम सम्बन्धमा रहेका भनिएका दुईजना युवती र दुईजना युवक एकसाथ भागेका थिए ।

उनीहरूको अवस्था अहिलेसम्म खुलेको छैन । उमेर नै नपुगेका आफ्ना छोरीहरूलाई भगाइएको भन्दै केटी पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा वैशाख ४ गते उजुरी दिएका थिए ।

त्यस घटनाको अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा पनि लिएको अवाले बताए । उनका अनुसार केटी पक्षले भागेकाहरूको खोजी नभएको भन्दै बिहीबार सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *