जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित वडा नम्बर ८ मा रहेको नेशनल हयुमेन रिसोर्स डेभलपमेन्ट एकेडेमी प्रा. ली ( एन. एच. आर. डी.) कलेजमा विद्यार्थीहरु असुरक्षित महसुस गरिरहेका छन् ।
एन. एच. आर. डी. कलेजका छात्रा १८ बर्षिय मुधु यादव ल्याब टेक्निशियनमा अध्यनरतमा रहेकी छिन् । बिहीवार २०८१ जेठ १० गते दिन कलेजको छुट्टीको समयमा गाडको रुपमा कार्यरत १८ बर्षय किषण मण्डलले छात्रा मधुलाई हात लगाउदै दुर्ववहार गरेको हो । उनको घर जिल्ला महोत्तरीको सोनमा गाउँपालिकाका वडा ४ खरबनीमा रहेको छ ।
सो कलेजमा कक्षाको सि. आर. को रुपमा सुमन कुमारी दास र लक्ष्मण साह रहेको छ । गत बिहीवारको घटना भयो र शुक्रबारको तेस्रो घण्टीमा उनी पछाडि बेन्चमा गएर रुदन गरिरहेकि थिइन् । उनीलाई के भयो हामी बुझने प्रयास गर्यो । त्यसपछि थाहा भयो, गाडले मुधुलाई छेरखानी सहित दुर्ववहार गरे कै नै हो ।
जानकारी प्राप्त अनुसार, कलेज तर्फबाट सो घटनालाई दबाउन प्रयास गरिरहेको थियो ।
स्टाफ किष्ण मण्डलले गरेको गलती प्रति कलेजको तर्फबाट पनिसमेन्ट दिसकेको प्रशासन प्रमुख संजिप कुमार यादवले बताए । सो कलेजको प्रिन्सिपल लता कुमुम साह रहेकी छिन् ।
स्टाफ मण्डलले गलती गरेको कुरो थाह पाएसँगै उनलाई बोलाएर सोधपुछ गर्दा पहिलो झुठो बोले, र त्यस् पक्षात हात लगाएको कुरो सुकार गरे कलेजका चेयरम्यान प्रमोद अग्रवालले बताए । पहिलो झुठो बोलेको र त्यस्पछि सत्य कुरा बाहिर आएपछि तुरुन्त कलेज बाट आरोपित ७ बर्ष देखि कार्यरत रहेका मण्डललाई निस्कासन गरे उनले भने ।
कलेजमा ३३० वटा बिद्यार्थी रहेको भने ६०% छात्रा र ४० % छात्र रहेका छन् । एन. एच. आर. डी कलेजमा बिद्यार्थीलाई मोबाइल ल्याउन निषेध रहेपनी छात्रछात्राहरु कलेजमा मोबाइल बोकेर जान्छन् ।
यदपि, यी सबै बिषयलाई नियालेर हेर्दा एन. एच. आर. डी. कलेजको प्रशासन शाखा फितलो रहेको देखिन्छ।